 |
|
 |
बिहीबार थरुहटका अध्यक्ष मण्डलका सदस्य उपेन्द्र गच्छेदारले लक्ष्मण थारुले फोरमसंग गरेको संयुक्त आन्दोलनको घोषणाको औचित्यमाथि प्रश्न उठाउँदै त्यसले थारु समुदायलाई धोका भएको बताएका छन् । उनले लक्ष्मणलाई थरुहटको संयोजक नै नभएको बताएका छन् । 'थारूसँग सम्बन्धित आठ घटकको संघर्ष समिति बनेको हो,' उपेन्द्रले भने, 'तर हामीबीच कुनै छलफल, निर्णय भएको छैन फोरमसँग मिलेर आन्दोलन गर्ने भन्ने उनको -लक्ष्मण) भनाइ व्यक्तिगत हो, आधिकारिक होइन ।' लक्ष्मण थरुहट स्वायत्त राज्य परिषद्को मात्र संयोजक भएको दाबी गर्दै गच्छदारले संघर्ष समितिको संयोजक नभएको बताए । बुधबार मधेसी जनअधिकार फोरम र थरुहट संघर्ष समितिले संयुक्त पत्रकार सम्मेलन गरी तराईका सबै भूभागलाई स्वायत्त एक प्रदेश बनाउनुपर्ने मागसहित संयुक्त आन्दोलन गर्ने निर्णय गरेका थिए ।
|
|