अन्तरराष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९ को कार्यन्यन गरी आदिवासी जनजातिहरुको अधिकारलाई सुरक्षित पारौं ।         
                                                                                   Mixed Mode | नेपाली | English
Home News & Events Views & Analysis Climate Change Features Notices Documents Publications Photo Gallery Videos Audios
 
News & Events
Share |
जलवायु परिवर्तनका कार्यक्रममा आदिवासीहरुलाई सहभागी गराउन माग
Author: जनजाति संवाददाता
काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन र वन क्षेत्रको फडानी तथा वन विनासका कारण हुने कार्वन उत्सर्जनको कटौती (रेड्) सम्बन्धमा आफ्नो अवधारणा सार्वजनिक गरेको छ ।
 
सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष पाशाङ शेर्पाले जलवायु परिवर्तन र रेडसंग सम्बन्धित जुनसुकै नीति, योजना र कार्यक्रम तय गर्दा आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन -आइएलओ) को महासन्धि १६९ र आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रलाई आधार बनाउन माग गरे ।
महासंघको अवधारणापत्रमा जलवायु परिवर्तन र रेड्का सम्बन्धमा राज्यले बनाउने जुनसुकै नीति, योजना तथा कार्यक्रमहरुको तर्जुमा गर्दा आदिवासी जनजातिहरुको जल, जमिन, जंगल र खानीमाथिको स्वामित्व र नियन्त्रणको अधिकारहरुलाई संवैधानिक, कानुनी र प्रशासनिक सुनिश्चितता गरिनुपर्ने उल्लेख छ ।
त्यसैगरी आदिवासी जनजातिको आत्मनिर्णयको अधिकारलाई मान्यता दिइनु पर्ने, स्वतन्त्र, पूर्वसुसूचित सहमतिलाई सुनिश्चित गरिनु पर्ने उनीहरुको परम्परागत ज्ञान, सीप, रीतिरिवाज, प्रथाजनित न्यायिक व्यवस्थाको प्रयोग र संस्कृतिलाई संवैधानिक र कानुनी मान्यता दिइनु पर्ने उल्लेख छ ।
तयसैगरी आदिवासी जनजातिको पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गरिनु पर्ने, वन संरक्षण तथा व्यवस्थापनसम्बन्धी आदिवासी जनजातिहरुको परम्परागत प्रणालीलाई मान्यता दिइनु पर्ने, वन-जंगलभित्रको कार्वन भण्डारको व्यापार गर्ने वा नगर्ने तथा के, कसरी गर्ने भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार आदिवासी जनजातिहरुमा रहने पनि अवधारणापत्रमा उल्लेख छ ।
त्यसैगरी आदिवासी जनजातिहरुको परम्परागत ज्ञान र सीपमा आधारित प्रविधिमा उनीहरुको स्वामित्व रहने गरी संरक्षण, संवर्द्धन र विकास गरिनु पर्नेलगायतका मागहरु प्रस्तुत गरिएको छ ।
अवधारणापत्र
जलवायु परिवर्तन र वन क्षेत्रको फडानी तथा वन विनासका कारण हुने कार्वन उत्सर्जनको कटौती (रेड्) सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अवधारणापत्र
(Position Paper)
नेपाल सरकारले आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन -आइएलओ) को महासन्धि नं. १६९ को अनुमोदन र आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको पक्षमा मतदान गरेकोलाई ध्यान दिंदै,
जलवायु परिवर्तनका सम्बन्धमा आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय मञ्चले सन् २००९ मा अमेरिकाको एन्कोरेजमा विश्व सम्मेलनले जारी गरेको एन्कोरेज घोषणापत्रलाई आत्मसात गर्दै,
प्रकृतिसँग प्रत्यक्ष रुपमा अन्योन्याश्रति राख्ने समुदाय हामी आदिवासी जनजातिहरु भएको कुरालाई मनन गर्दै,
नेपालका आदिवासी जनजातिहरुले विगतदेखि हालसम्म गर्दै आएको संघर्षमा प्रष्फुटित भएका आत्मनिर्णयको अधिकार, प्राकृतिक स्रोत साधनमाथिको अग्राधिकार, भूमिमाथिको स्वामित्व र नियन्त्रणलगायतका हाम्रा माग दावीहरुलाई मध्यनजर गर्दै,
नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन र वन क्षेत्रको फडानी तथा विनासबाट हुने कार्वन उत्सर्जन कटौती (रेड्) सम्बन्धमा निम्न विषयहरुलाई न्यूनतम् अवधारणाका रुपमा घोषणा गर्दछः
१. जलवायु परिवर्तन र रेड्का सम्बन्धमा राज्यले बनाउने जुनसुकै नीति, योजना तथा कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन र मूल्यांकन कार्यमा आइएलओ महासन्धि नं. १६९ र आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्रले प्रत्याभूत गरेको आदिवासी जनजातिहरुको जल, जमिन, जंगल र खानीमाथिको स्वामित्व र नियन्त्रणको अधिकारहरुलाई संवैधानिक, कानुनी र प्रशासनिक सुनिश्चितता हुनु पर्दछ ।
२. राज्यले जलवायु परिवर्तन र रेड्सँग सम्बन्धित जुनसुकै नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन र मूल्यांकन कार्यमा आदिवासी जनजातिको आत्मनिर्णयको अधिकारलाई मान्यता दिइनु पर्दछ ।
३. राज्यले गर्ने जलवायु परिवर्तन र रेड्सम्बन्धी नीति, योजना तथा कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन र मूल्यांकन कार्यमा आदिवासी जनजातिहरुको स्वतन्त्र, पूर्वसुसूचित सहमतिलाई सुनिश्चित गरिनु पर्दछ ।
४. राज्यले जलवायु परिवर्तन र रेड्सँग सम्बन्धित नीति, योजना तथा कार्यक्रमहरु बनाउँदा, कार्यान्वयन गर्दा र मूल्यांकन कार्यहरुमा आदिवासी जनजातिहरुको पुख्र्यौली भूमि, वन तथा अन्य प्राकृतिक स्रोतहरुसँग अन्योन्याश्रति सम्बन्धका साथै परम्परागत ज्ञान, सीप, रीतिरिवाज, प्रथाजनित न्यायिक व्यवस्थाको प्रयोग र संस्कृतिलाई संवैधानिक र कानुनी मान्यता दिइनु पर्दछ ।
५. राज्यले जलवायु परिर्वन र रेड्सँग सम्बन्धित जुनसुकै नीति, योजना तथा कार्यक्रम बनाउँदा, कार्यान्वयन गर्दा र मूल्यांकनमा आदिवासी जनजातिहरुको पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गरिनु पर्दछ ।
६. राज्यले वन फडानी तथा वन क्षेत्रको विनास रोक्ने जुनसुकै नीति, योजना तथा कार्यक्रम लागु गर्दा वन संरक्षण तथा व्यवस्थापनसम्बन्धी आदिवासी जनजातिहरुको परम्परागत प्रणालीलाई मान्यता दिइनु पर्दछ ।
७. जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र अनुकूलनका लागि रेड्को उपयोग कार्वन व्यापारसँग सम्बन्धित भएकोले वन-जंगलभित्रको कार्वन भण्डारको व्यापार गर्ने वा नगर्ने तथा के, कसरी गर्ने भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार आदिवासी जनजातिहरुसँग रहने व्यवस्था गरिनु पर्दछ ।
८. राज्यले जलवायु परिवर्तन र रेड्सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन र मूल्यांकन कार्यहरु गर्दा आदिवासी जनजातिहरुको परम्परागत ज्ञान र सीपमा आधारित प्रविधिमा उनीहरुको स्वत्व ९एबतभलत च्ष्नजतक० कायम हुनेगरी संरक्षण, संवर्द्धन र विकास गरिनु पर्दछ ।
९. जलवायु परिवर्तनको पहिलो असर आदिवासी जनजातिहरुलाई पर्ने भएकोले हाम्रो परम्परागत जीवन पद्दती, जीविकोपार्जन, स्वास्थ्य उपचार प्रणाली आदिमा व्यापक रुपमा असर गर्ने भएकोले सोलाई सम्बोधन गर्नका लागि राज्यले आदिवासी जनजातिहरुको परम्परागत जीवन पद्दति अनुकूल हुने गरी विशेष व्यवस्था गर्नु पर्दछ ।
१०. जलवायु परिवर्तनको प्रभावका रुपमा देखिएको आवासन र आप्रवासनले आदिवासी जनजातिको पहिचान र जीवन पद्दतीमा पार्ने नकारात्मक प्रभावहरुलाई रोक्नका लागि राज्यले विशेष उपायहरु अवलम्वन गर्नु पर्दछ ।
११. राज्यले जलवायु परिवर्तन र रेड्सँग सम्बन्धित नीति तथा कार्यक्रमहरु तर्जुमा गर्दा, कार्यान्वयन गर्दा र मूल्यांकन कार्यमा आदिवासी जनजाति महिलाहरु तथा बालबालिकाहरुलाई सबैभन्दा बढी प्रभाव पार्ने कुरालाई मान्यता दिई महिला र बालबालिकाको प्रभावकारी सहभागितालाई सुनिश्चित गरिनु पर्दछ ।
१२. जलवायु परिवर्तनका कारण हिमताल फुटेर, बाढी पहिरो तथा सुख्खालगायतका प्रभावबाट हिमाल, पहाड र तराईका बासिन्दालाई जोगाउन सरकारले तत्काल विशेष उपायहरु अवलम्वन गर्नु पर्दछ ।
१३. जलवायु परिवर्तनको प्रभावबाट तत्काल जोखिममा पर्नसक्ने आदिवासी जनजाति समुदायहरुको पहिचान गरी त्यस्ता समुदायहरुलाई ुजलवायु परिवर्तनबाट प्रभावित पहिलो समुदायु घोषणा गरी प्रभाव न्यूनीकरण र अनुकूलनको विशेष वैकल्पिक कार्यक्रममा लागु गर्नु पर्दछ ।
१४. हिमालको हिउ पग्लिँदा, हिमनदी सुक्ने, हिमताल फुट्ने जस्ता प्रभावबाट प्रत्यक्ष प्रभावित समुदाय नेपालका आदिवासी जनजाति समुदाय हुन् भनी विश्व समुदायको ध्यानाकर्षण गर्दछ ।


 
0 comments for this post. Make your own comment.

Comments
जलवायु परिवर्तनका कार्यक्रममा आदिवासीहरुलाई सहभागी गराउन माग

 
Post Your Comments
 
     
Name:  
Email:  
Comments:  
   
   
     
अरु News & Events
धरकपटको विरोधमा जनजातिद्वारा गृहमन्त्रीको पुत्ला दहन
प्रहरीले ज्यादति बिरुद्ध थप आन्दोलनको जनजाति महासंघद्वारा चेतावनी
बन्द सानदार सफल/हजार भन्दा बढि नेता कार्यकर्ता गिरफ्तार
आदिवासी पत्रकार गिरफ्तार
आदिवासी जनजातिको बन्द, आधा दर्जन सवारी तोडफोड, तीन दर्जन पक्राउ
आदिवासी जनजातिद्वारा मसाल जुलुस प्रदर्शन
आदिवासी जनजातिद्वारा ३० गते देशब्यापी चक्काजाम घोषणा
नयाँ स‌विधानमा आदिवासीका अधिकार सुनिश्चत नभए अस्वीकार गरिने
प्रधानमन्त्री र ओएचसीएचआर प्रमुख द्वारा आदिवासीहरुलाई बधाइ
अनिजको स्थापना दिवसमा प्रभातफेरी र जलपान
विश्व आदिवासी दिवस भब्यताका साथ मनाइदै
संविधानमा आदिवासी जनजाति महिलाका अधिकार सुनिश्चित गर्न माग
ANIJ preparing to celebrate its 12th establishment day
Janajatis protest arrest of their leaders
Janajati leaders arrested, misbehaved
नेता गिरफ्तारविरुद्ध जनजाति सभा
जनजाति नेता तथा कार्यकर्ताहरु एक घण्टा प्रहरी नियन्त्रणपछि रिहा
WNO demands end of discrimination at KMC
NEFIN launches month-long struggle
सभामुखलाई आदिवासी जनजातिको ज्ञापनपत्र
संविधानमा अधिकार सुनिश्चितताको माग गर्दै जनजाति महासंघ आन्दोलित
अनिज स्थापना दिवसको तयारीमा
State Restructuring Commission irrelevant: Lekhi
जनजातिहरुको छुट्टै रेडियो संजाल बनाउने तयारी
जनजातिका सवालमा राष्ट्रिय सञ्चार नीति परिमार्जन गरिनुपर्ने
अनिज केन्द्रीय सदस्यमा मनोनयन
जनजाति महासंघको सौरहा घोषणापत्रमा के छ ?
आदिवासी जनजातिहरुले साउन ३० गते राजधानी नाकाबन्दी गर्ने
NEFIN announces fresh stir; siege Capital on Aug 15
आदिवासी जनजातिको राष्ट्रिय भेला असार २३ गतेदेखि चितवनमा
K B Gurung the best PM candidate
Janajatis should lead government: Pasang Sherpa
जनजातिलाई पत्रकारिता तालिम
वाङ्गबुले राई भाषाको पहिलो निबन्ध संग्रह
Journalism training at Birtamod
Newari language a neglected lot: Satya Mohan Joshi
आइएलओ महासन्धी १६९ अनुगमन समिति गठन
आदिवासी चलचित्र महोत्सव असार ११ देखि
जलवायु परिवर्तनको पहिलो असर जनजातिलाई
अनिज रुपन्देहीमा पुनः गुरुङ आइएलओबारे अन्तक्रिया
थकालीहरुको देश पूजा
मुलुक गम्भीर दुर्घटनाको खतरामा : जनजाति महासङ्घ
जनजातिको पक्षमा संविधान बनाउने प्रयास
Nepali woman Dong stranded in Kuwait
Journalist Gole shot at
मगरहरूले मनाए भूम्या चाड
पत्रकार गोलेमाथि गोली प्रहार
जातीय अधिकारसम्वन्धी कानुन कार्यान्वयन गर्न राज्य उदासीन
डा. हर्क-चन्द्र-सन्त स्मृति छात्रवृत्ति कोष स्थापना
गुरुङ आमाहरुलाई नेतृत्व विकास तालिम
राजाको दरबार खोज्दै तामाङ समुदाय
राउटेले गरे रमाइलो
\'आईएलओ १६९ ले कर उठाउ भन्दैन\'
साकेला सिली पूर्वमा धुमधाम
आदिवासी जनजाति महिलालाई आईएलओ १६९ बारे तालिम
राउटेले प्रधानमन्त्रीलाई भने- संविधानमा हाम्रो अधिकार लेख
डा भक्तमान रिहा
डीआईजी राना र राईको पदक खोसेकोमा विरोध
जनजाति महासङ्घका अध्यक्ष लेखी जर्मन प्रस्थान
जलवायु परिवर्तनको प्रत्यक्ष असर राउटेहरुमा
संविधानसभा बचाउन आदिवासी जनजातिद्वारा अनिश्चितकालिन धर्ना
आइएलओ १६९ सम्बन्धमा बरिष्ठ सञ्चारकर्मीहरुसंग परामर्श बैठक
Journalism training concludes
NEFIN on indefinite sit-in protest to save CA
NEFIN for extending CA’s term for short period
Consultation meeting with news heads of electronic media
Awareness program for Indigenous women
Tamang body condemns murder of Gorkha leader
नेवा राज्यका लागि धर्ना
आइएलओ महासन्धी नं. १६९ बारे अन्तरक्रिया
अनिज लमजुङ-मनाङमा रामजी राना
८१ समुदाय आदिवासी जनजातिमा सिफारिस
स्वार्थी नेताहरु पुरानै शासन सत्ता कायम गर्न चाहान्छन् : लेखी
ANIJ handover memorandum to CA chair Nembang
सरकारी निकायबाट नै राउटेलाई वन छाड्न दबाब
अनिजले संविधानसभाका अध्यक्षलाइ स्मरणपत्र बुझायो
अनिजका दुई सदस्यलाई धम्की र कुटपीट
ANIJ central member thrashed by police
ANIJ condemns threat on its Sunsari secretary
समयमै संविधानको माग गर्दै आदिवासीहरुले संविधानसभा घेरे
आदिवासी जनजातिहरु संविधानसभा घेर्दै
जनजाति महासंघको चियापान/नयां संविधानमा आदिवासीका अधिकार सुनिश्चित गरिने प्रतिबद्धता
आदिवासी जनजातिद्वारासमयमै संविधान बनाउन माग गर्दै सभाध्यक्षलाई ज्ञापनपत्र
Laws Have Changed, Mindsets Haven’t
शान्ति र संविधानका लागि आदिवासी जनजातिहरु आन्दोलनको तयारीमा
आदिवासी जनजाति पत्रकारको अधिवेशन सम्पन्न/अध्यक्षमा लामा
जनजाति महासंघमा लेखी/को हुन् लेखी ?
राज्य पुर्नसंरचना खाकाप्रति आदिवासी समर्थन र स्वागत
फोरमसंग सहकार्य गरेपछि थरुहट फुट्यो
थरुहट संयुक्त संघर्ष समिति फोरमसंग मिल्यो/गद्दारी भयोः थारु कल्याणकारिणी सभा
सबै जातजातिको पहिचान आवश्यकः राष्ट्रपति
१४ प्रदेशको राज्य संरचनाप्रति विभिन्न आदिवासी समुदायद्वारा विरोध
आदिवासी जनजातिको बन्द शान्तीपूर्ण
Nationwide strike of Indigenous people cripples life
आदिवासी जनजातिद्वारा नेपाल बन्द घोषणा/आत्मनिर्णयको अधिकारसहित स्वायत्त राज्यको माग
ह्योल्मोद्वारा मेलम्ची कार्यालयमा धर्ना
नेवा राज्य घोषणा
त्रिवि सेवामा आरक्षण लागू गर्ने निर्णय
आदिवासी जनजाति मोर्चाले आन्दोलन घोषणा गर्यो
आदिवासी र स्थानीयवासी प्राकृतिक स्रोतको पहिलो हकदार
जनजाति महासंघको अध्यक्षमा लेखीको उम्मेदवारी
 
 
         
 
© ANIJ
Anamnagar , Kathmandu , Nepal
Phone: 977 1 4256569 , Email: info@janajati.com